Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सहमति जुट्न नसकेपछि प्रदेश १ को संसद बैठक स्थगित


0
Shares

विराटनगर । प्रदेशको नाम र राजधानीका विषयमा सहमति जुट्न नसकेपछि प्रदेश नं. १ को संसद् बैठक स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गर्दै आजका लागि तय भएको प्रदेश सभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रदेशसभा सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको जनाएको छ ।

प्रदेश १ संसद्ले आज प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजान दलहरूलाई समयसीमा दिएको थियो ।

तर, दलहरुबीच सहमति हुन सकेको छैन । सत्तारुढ दलबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर फरक–फरक धारणा बाहिर आइरहेका छन् ।

प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन सत्तारुढ दल नेकपाको बैठक बुधबारदेखि नै पटकपटक बस्दै आएको छ ।