१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


अन्तर्राष्ट्रिय योग दिवस मनाईंदै, काठमाडौंमा हजारौंले एकसाथ योग गर्ने


0
Shares

काठमाडौं, असार ७ । आज दोस्रो अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाईदै छ । संयुक्त राष्ट्रसंघकै आह्वानमा गत वर्षको जुन २१ का दिनदेखि संसारभर योग दिवस मनाउन थालिएको हो ।

राष्ट्र संघले एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन थालेको जनाएको छ । नेपालमा काठमाडौंको नारायणहीटी दरबारको दक्षिण दरबारमार्ग क्षेत्रमा अहिले विहान ७ बजेदेखि सामूहिक योगका लागि हजारौं मानिस एक साथ जुट्दै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा योगाभ्यास गर्न समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु एक साथ जुट्ने छन् ।

नेपाललाई विश्वसामु अध्यात्म र योग भूमिको रुपमा चिनाउन विश्व योग दिवस मनाउन लागिएको यस कार्यक्रममा संलग्न संस्थाहरुले जनाएका छन् ।

११ डिसेम्बर, २०१४ मा भारतको नेतृत्वमा सुरुवात गरिएको योगलाई संयुक्त राष्ट्र संघको साधारण सभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा स्विकारेकाले २१ जुनलाई विश्वव्यापी रुपमा योग दिवसको रुपमा मनाउन थालिएको हो ।