
धनकुटा, असार ७ । धनकुटाको कोशी राजमार्गअन्तर्गत महाभारत गाउँ विकास समिति वडा नम्बर ३ गर्जुवामा सोमबार राति खसेको पहिरोले बाटो अवरुद्ध भएको छ ।
बाटो अवरुद्ध भएसँगै यो राजमार्ग भएर चल्ने सयौं सवारी साधन रातिदेखिनै बाटोमा रोकिएका छन् । कोशी पहाडी जिल्लालाई तराईसँग जोड्ने यो नै एक मात्र राजमार्ग हो ।
बाटो बन्द हुँदा धनकुटा लगायत तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ र ताप्लेजुङसंग सडक सम्पर्क टुटेको छ ।
स्काभेटरको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सोमबार राति भारी बर्षासंगै चट्टानसहितको ठूलो भीर सडकमा खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्