१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


काबुल विष्फोटमा मारिएका नेपालीको घरमा रुवाबासी


0
Shares

-रत्न प्रसाद आचार्य, ईमेज

सुनसरी, असार ७ । अफगानिस्तानको काबुलमा आत्मघाती बम विष्फोटमा मारिएका नेपालीका घर परिवार शोकाकूल बनेका छन् ।

विभिन्न जिल्लाबाट कामको सिलसिलामा अफगानिस्तान पुगेका उनीहरु तालिबानी आतंकवादीको निशानामा परेपछि घरपरिवार र आफन्जनमा शोकको सन्नाटा छाएको हो ।

सोही घटनामा मारिएका सुनसरी इटहरीका अकुर तामाङको परिवार पनि शोकमा डुबेको छ । पाँच बर्षदेखि सुरक्षा गार्डमा कार्यरत तामाङ आतंकवादी आक्रमणमा मारिएपछि उनका बृद्ध उमेरका बाबुआमा र श्रीमती मर्माहत बनेका छन् ।

६५ बर्षीया आमा लाखमाया, ७७ बर्षीय बुवा भीमबहादुर र श्रीमती गोमा गोलेमाथि एकाएक वज्रपात भएपछि उनीहरु शोकमा डुबेका हुन् ।

गत बैशाख १७ गते छुट्टिमा घर आएर अफगानिस्थान फर्किएका अकुर नेपाली सेनाको जागिर छाडेर पाँच बर्ष अगाडि अफगानिस्तान गएका थिए ।

शोकमा डुबेका परिवारजनले अकुरको शव तत्काल नेपाल ल्याउन सरकारसँग माग गरेका छन् । खोटाङको दिक्तेल नगरपालिकाबाट २०६० सालदेखि तामाङ परिवार इटहरीको हाँसपोसामा बस्दै आएका थिए । अकुर तीन बर्ष अगाडि हेटौडाकी गोमा गोलेसँग विवाह बन्धनमा बाधिएका थिए ।