Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


अचेत अवस्थामा मधुसुदनका परिवार, प्रत्येक शव ल्याउन ‘१० हजार डलर तिनुपर्ने’ (भिडियोसहित)


0
Shares

गृष्मा राजभण्डारी/राममान डंगोल (इमेज)
काठमाडौं, असार ७ । बुढापाकाहरु भन्थे-‘१२ वर्षमा खोलो पनि फर्कन्छ’ ।

वैदेशिक रोजगारीको क्षेत्रमा ठीक त्यस्तै दूर्भाग्यपूर्ण घटना ब्यहोर्नुपर्‍यो नेपालीले । १२ वर्षअघि इराकमा १२ नेपालीको नृशंस हत्याको दृश्य झल्झली देखेका नेपालीले त्यसको १२ वर्षपछि खोलो फर्केझैं अर्को हिंसाग्रस्त मुलुक अफगानिस्तानमा उही प्रकृतिको आतंकवादी निशानामा नेपाली दाजुभाइ परेको देख्नुपर्‍यो ।

इराक, अफगानिस्तान, सिरिया, यमन, लिबियाजस्ता अरबीमुलुक होस् वा कोरिया, मलेसियाजस्ता असुरक्षित श्रमबजार । जहाँ जो नेपाली मारिएपनि त्यसको कारक हो, मुलुकभित्रको चरम गरिबी र अस्थीर राजनीतिले सिर्जना गरेको बेरोजगारीको बाध्यता ।

यही बाध्यताले अवसरको खोजीमा मुग्लान भासिएका नेपालीले ब्यहोर्नुपरेको छ, इराक र अफगानिस्तान जस्ता घटना ।

फलतः काबुलकान्डले आज सिंगो मुलुक नै स्तब्ध बनेको छ भने नागरिकको रगत र पसिनाबाट संकलित रेमिट्यान्समा राज गर्ने राज्यसंयन्त्रको निकम्मापन पनि एकपछि अर्को गर्दै उदांगो बनेको छ ।

१२ वर्ष अगाडि भदौ १६ को घटनाले असुरक्षित वैदेशिक श्रमबजारलाई सुधार्ने वाचा गरेको थियो । तर, सरकारी लाचारी र आम नागरिकसमेतको हेलचेक्र्याइँले आज काबुल घटनामा मारिएकादेखि घाइते बनेका घर परिवार यसै शोकमा डुबेको छ ।

देशभित्रको राजनीति र शिक्षा बेरोजगार उत्पादन गर्ने भट्टीकारुपमामात्र सीमित बनेपछि रोजगारीका लागि जस्तोसुकै जोखिम मोल्नुपर्ने आम नेपालीको रहर नभइ बाध्यता बनेको हो ।

जसले आज दैनिकजसो हजारौंहजार युवा–युवतीलाई जोखिमपूर्ण श्रम बजारमा जबरजस्त धकेलिरहेको छ ।

त्यहीक्रममा शान्तिको पुकारा गर्दागर्दै काबुलमा तालिबानी आतंकवादीको शिकार बने नेपाली दाजुभाइ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस् ) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्