विराज रोस्यारा
कैलाली, वैशाख १९ । सुदूरपश्चिमको प्रदेशसभा बैठकमा सांसदहरुले गुनासो राख्ने अवसर पर्याप्त पाउन थालेका छन् ।
गत माघ ४ गतेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशनमा भएका २८ वटा बैठकमा आफुहरुले उठाएका बिषयमा सरकार गम्भीर नभएको आरोप सांसदले लगाएका छन् । हिउँदे अधिवेशनमा सञ्चालन भएका बैठकमध्ये १६ बढी बैठकमा सभामुखले सांसद र मन्त्रीहरुलाई विशेष र शुन्य समय उपलब्ध गराएका छन् । विशेष समय र शून्य समयमा उठेकै कुराका आधारमा कुनै विषयमा सरकारको तत्कालन ध्यानाकर्षण नभएको नेपाली कांग्रेसका प्रदेश सांसद टेकबहादुर रैकाको आरोप छ ।
प्रदेशसभामा आफूहरुले सार्वजनिक महत्वका कुराहरु पटक पटक ध्यानाकर्षण गराए पनि सरकार गम्भीर नदेखिएको सांसदहरुको गुनासो छ । सत्तारुढ नेकपाका प्रदेशसभा सदस्य चुनकुमारी चौधरी पनि पछिल्लो समय सभामा उठेका कुरामा सरकार गम्भीर नदेखिएको गुनासो गर्छिन् ।
उता, सुदुरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुुर शाह भने आफूहरु सांसदका सुझावलाई आत्मसात गरेर अगाडि बढेको दाबी गर्छन् ।
तर, प्रतिपक्षीमात्र होइन, स्वयं सत्तारुढ दलकै नेताहरु पनि सरकारले सांसदका जायज चासो सम्बोधन नगरेको बताएकाले सरकार सच्चिनु आवश्यक छ ।








प्रतिक्रिया दिनुहोस्