२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


पर्वतमा हावाहुरी र असिनापानीले तरकारी बालीमा क्षति, विद्यालयको छाना उडायो


0
Shares

पर्वत । पर्वतका विभिन्न क्षेत्रमा बुधवार दिउसो आएको हावाहुरी र असिनापानीका कारण ठूलो क्षति पुगेको छ ।

असिना र हावाहुरीले खेतवारीमा लगाएको मकै र तरकारी बालीमा क्षति पुर्‍याएको छ ।

सदरमुकाम कुश्माबजारमा रुखहरु ढलेका छन् भने कच्ची घरका छाना उडाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित जनज्योती प्राविको चार कोठे भवनको पुरै छाना उडाउनुका साथै विद्यालयको भवनसमेतमा क्षति पुगेको छ ।

पिपललटारी, कटुवाचौपारी, शंकरपोखरी, धाईरिङ्ग, पाङ, दुर्लुङ्ग लगायतका क्षेत्रमा हावाहुरीका कारण बालीनाली र विभिन्न भौतिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् ।

आधा घण्टाभन्दा बढी समय परेको असिनाले बालीनालीमा ठुलो क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

हावाहुरीले रुखहरु ढल्दा विभिन्न क्षेत्रको विद्युत सेवा अवरुद्ध बनेको छ ।