Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


गैरकानुनीरुपमा खोलिएका वैदेशिक रोजगार कम्पनीलाई कारबाही गर्न निर्देशन


0
Shares

काठमाडौं, असार ८ । व्यवस्थापिका–संसदअन्तर्गतको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गैरकानुनीरुपमा खोलिएका वैदेशिक रोजगार कम्पनीहरुलाई कारबाही गर्न निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको बैठकले काबुल घटनाको भत्सर्ना गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ ।

समितिले द्वन्द्वग्रस्त क्षेत्रमा रोजगारीका लागि नपठाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।

समितिमा सहभागी श्रम मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले मृत्यु भएकाका परिवारलाई बिमा र क्षतिपूर्तिसमेत गरी जनही १० लाख रुपैयाँ दिइने जानकारी दिए ।

उनले गैरकानुनीरुपमा खोलिएका वैदेशिक रोजगार कम्पनीहरुको अनुगमन गरी कारबाही गरिने वचन पनि दिए ।

यस्तै, परराष्ट्र सचिव शंकर वैरागीले विभिन्न राष्ट्रमा रहेका नेपाली राजदूतहरुको कामको लेखाजोखा राख्ने तयारी भइरहेको जानकारी गराए ।

समितिका सदस्यहरुले सरकार श्रमिकहरुको सुरक्षाप्रति गम्भीर नभएको बताउँदै वैदेशिक रोजगारसम्बन्धी ऐनलाई समयानुकूल बनाउन आग्रह गरेका थिए