३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


सुनको मूल्यमा सामान्य कमी


0
Shares

काठमाडौं, असार ८ । पछिल्ला दिन उकालो लाग्दै रहेको सुनको भाउमा बुधबार सामान्य कमी आएको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले कमी आएर ५६ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन ५६ हजार ८ सयमा स्थीर रहेको थियो । चाँदीको भाउ पनि ५ रुपैयाँले कमी आएर ७ सय ९५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रति औंन्स १२ सय ६५ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।