३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


शेयर बजारमा सुधार जारी, बीमा समूहमा सबैभन्दा उच्च अंक


0
Shares

काठमाडौं, असार ८ । बुधबार पनि शेयर बजारमा सुधार जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंकले सुधार भएर १६ सय ४७ पुग्यो ।

अन्यमा सामान्य अंकको गिरावट बाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसुंगै नेप्से दोहोरो अंकले उकालो लागेको हो । यस दिन पनि बीमा समूहमा सबैभन्दा उच्च २ सय ३ अंकको बृद्धि आयो ।

जलविद्युत समूह पनि ७५ अंकले उकालो लाग्यो । होटल समूह ५३ अंकले उकालो लाग्यो । उत्पादनमूलक समूह ३५ अंकले सुधारियो ।

विकास बैंक, वाणिज्य बैंक र वित्त समूह पनि दोहोरो अंकले उकालो लागे । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३६ कम्पनीको २२ लाख ९४ हजार कित्ता शेयर पौने दुई अर्ब रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।