
काठमाडौं, असार ९ । ब्रिटेनमा यूरोपियन यूनियनमै रहने कि नरहने भन्ने सम्बन्धमा आज जनमत संग्रह गरिँदैछ ।
त्यसका लागि विहान ७ बजेबाट मतदानको समय तय गरिएको छ भने राति १० बजेसम्म मतदान गर्न पाइने छ । ४ करोड ६० लाखभन्दा बढी मतदानले मतदानमा भाग लिने अनुमान गरिएको छ ।
राष्ट्रव्यापी रुपमा गर्न लागिएको यो तेस्रो जनमत संग्रह हो । चार महिना लामो व्यापक बहस पछि गर्न लागिएको यस जनमत संग्रहले ब्रिटेनलाई यूरोपियन युनियनमै रहने वा छुट्टिने भन्ने टुंगो गर्नेछ ।
यसअघि हिजो अन्तिम चुनावी अभियानमा प्रधानमन्त्री डेभिड क्यामरुनलगायत ईयूमै रहनु पर्ने पक्षका नेताहरुले विभिन्न ¥यालीलाई सम्बोधन गर्दै ईयूमा रहँदा नै ब्रिटेन अझ राम्रो र सुरक्षित हुने तर्क गरेका छन् ।
विपक्षमा रहेका नेताहरुले भने स्वतन्त्र ब्रिटेनबाट मात्रै मुलुकको भविष्य उज्ज्वल हुने भन्दै मतदातालाई आकर्षित गर्ने अन्तिम प्रयास गरिरहेका छन् । जनमत संग्रहको नतिजालाई आफ्नो पक्षमा पार्न विगत चार महिनादेखि विभिन्न अभियान सञ्चालित छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्