
पाल्पा, असार ९ । पाल्पाको हार्थोक, बतासे, छहरा, तीनगिरे मोटर बाटोको स्तरोन्नतिको काम सुरु भएको छ । सडक स्तरोन्नति गरी ओटाशील गर्ने काम सुरु भएको हो ।
१० किलोमिटर सडक स्तरोन्नति गरी ओटाशील गर्न विश्व बैंकले ८ करोड २२ लाख रुपैयाँ अनुदान सहयोग गरेको जिल्ला विकास समितिले जनाएको छ ।
पाल्पाबाट अर्घाखाँची जोडिने यो सडकमा दिनहुँ सयौं सवारी साधन आवतजावत गर्दछ । प्रत्येक वर्ष वर्षायाम लागेपछि कामले तीव्रता पाउने यस्ता योजनाको गुणस्तरीयता भने नहुने गरेको स्थानीयको गुनासो छ ।
बर्षायाममा नाली बनाउने, सडक चौडा गर्ने र पर्खाल बनाउने काम भए पनि ठूलो पानीले सडक भत्कने गरेको स्थानीय बताउँछन् ।
२०७३ माघ मसान्तसम्म काम सक्नुपर्ने गरी ठेक्का लिएको चन्द्र सूर्य कम्पनीले समयमै आयोजना सम्पन्न गर्न नसकिने जनाएको छ ।
ठेकेदार कम्पनीले धेरै ठाउँमा ठेक्का लिने भएकाले आयोजनाको काम समयमै पुरा हुन नसकेको जिल्ला प्राविधिक कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्