
काठमाडौं, वैशाख १८ । काठमाडौंको बूढानीलकन्ठस्थित गाप्चा, भद्रकालीमा बुधबार अपराह्न भएको आगलागीबाट एउटा घर जलेर नस्ट भएको छ ।
गोस्याङ श्रेष्ठको पुरानो एकतल्ले घर जलेर नस्ट भएको हो ।
आगलागीबाट भकारीमा रहेको सबै अन्न पनि जलेर नस्ट भएको छ । मानवीय क्षति भएको छैन ।
आगोले सँगै रहेको नयाँ घरमा पनि क्षति पुगेको छ ।
दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो । भान्साबाट आगो सल्किएको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्