
काठमाडौं, वैशाख १८ । वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीलाई बुधबार राजधानीमा अभिनन्दन गरिएको छ ।
नूर–गंगा प्रतिभा पुरस्कार गुठीले एक शताब्दीको जिउँदो इतिहास बनेका जोशीलाई अभिनन्दन गरेको हो ।
सोही अवसरमा शताब्दीपुरुष जोशीले नूर–गंगा राष्ट्रिय बालसाहित्य पुरस्कार बालसाहित्यकार विनयकुमार कसजू प्रदान गरे ।
साथै, उनले लोकगायन पुरस्कारबाट तेजबहादुर केसी, राष्ट्रिय लोकगायन नवप्रतिभा पुरस्कारबाट नीरु श्रीष र लुम्बिनी अञ्चलस्तरीय साहित्य नवप्रतिभा पुरस्कारबाट अस्मित रेग्मीलाई पुरस्कृत गरे ।
प्रतिक्रिया दिनुहोस्