
सरोज अधिकारी/दिलिप पोखरेल (इमेज)
काठमाडौं, असार ९ । भूकम्प गएको लामो समय बितिसक्दा पनि सरकारले प्रभावितलाई सहयोग र पुनःनिर्माणको काम अघि बढाउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका–संसद बैठक अवरुद्ध पारेको छ ।
कांग्रेसले भूकम्पप्रभावितको घर निर्माणका लागि दिने भनिएको दुई लाख रुपैयाँ एकमुस्ट दिने सरकारको प्रतिबद्धता नआउँदासम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।
संसदमा लगातार ९ दिनदेखि पुनःनिर्माणकाबारेमा कुरा उठाउँदासमेत सरकारले जवाफ नदिएको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो ।
सभामुख ओनसरी घर्तीले पनि पटक–पटक भूकम्पपछिको पुनःनिर्माणकोबारेमा जानकारी दिन सरकारलाई रुलिङ गरिसकेकी थिइन् ।
तर, सरकारले त्यसबारे अहिलेसम्म संसदमा जानकारी नदिएपछि कांग्रेसले सदन नै अवरुद्ध भएको हो ।
बिहीबार संसद सुरु हुनासाथ कांग्रेस सांसदहरुले पुनःनिर्माणको अवस्थाबारे जानकारी दिन र सर्वसाधारणका घर निर्माणका लागि दिने भनिएको दुई लाख एकमुस्ट दिन माग गरेका थिए ।
यद्यपि, दुई लाख दिने निर्णय यसअघि कांग्रेस नेतृत्वकै सरकारका पालामा भएको थियो भने किस्तामा दिने निर्णय पनि सोही समयमा भएको थियो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्