२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘महेन्द्रको राष्ट्रवाद र बीपीको मेलमिलापको नीति नै राप्रपा नेपालको मार्गदर्शक सिद्धान्त’


0
Shares

काठमाडौं, असार ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानका कतिपय विषयमा विमति हुँदाहुँदै पनि यसलाई स्वीकार गरेर अघि बढ्नुनको विकल्प नभएको बताएका छन् ।

विहीबार राजधानीमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै थापाले विमतिका बाबजुद् संविधानलाई स्वीकार्दै सरकारमा सहभागी भएको बताए ।

उनले राजा महेन्द्रको राष्ट्रवाद र बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति नै आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त भएको पनि बताए ।

उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष कमल थापाले यो संविधान काम लाग्दैन भन्नेहरुलाई बल पुग्नेखालको गतिविधि नगर्न पनि पार्टी कार्यकर्तालाई आग्रह गरे ।