
काठमाडौं, असार ९ । विहीबार पनि सुनको मूल्य ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले ओरालो लागेर ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार पनि सुनको मूल्य तोलामा ३ सय रुपैयाँले कमी आएर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
विहीबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ७ सय ९० रुपैयाँमा कारोबार भयो ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १२ सय ६० डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्