
फिदिम, असार १० । पाँचथरबाट झन्डै १८ करोड रुपैयाँबराबरको अदुवा निर्यात भएको छ ।
आर्थिक वर्ष ०७२/०७३ मा जिल्लाको प्रमुख नगदेबाली अदुवा १७ करोड ८४ लाख रुपैयाँ बराबरको निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।
जिल्लाको ६ सय ९१ हेक्टर क्षेत्रफलमा गरिएको अदुवा खेतीमा ८ हजार २ सय ३८ टन उत्पादन भएको थियो । जसमा ४ हजार ४ सय ६० टन अदुवा जिल्ला बाहिर निर्यात भएको कार्यालय प्रमुख बेनु प्रसाईंले जानकारी दिए ।
जिल्लाको भारपा, यासोक, रानीगाउँ, पञ्चमी, सुभाङ, एकतिन गाविस अदुवा खेतीको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्