४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


काठमाडौंमा ‘थाइल्यान्ड–नेपाल फेस्टिवल’ हुने


0
Shares

काठमाडौं, असार १० । नेपाल र थाइल्यान्डबीचको द्विदेशीय सम्बन्ध विस्तार गर्ने लक्ष्यकासाथ आगामी असोज दोस्रो साता राजधानीमा थाइल्यान्ड–नेपाल फेस्टिवलको आयोजना गरिने  भएको छ ।

सियाम लंचंग बैंककको आयोजना एवं थाइ राजदूतावास तथा ललितपुर उद्योग वाणिज्य संघको सहयोगमा राजधानीको भृकुटीमन्डपमा उक्त मेला हुन लागेको हो ।

यससम्बन्धी जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाइ राजदूत भुट्टि भुट्टिसेन्टले काठमाडौंमा हुन लागेको फेस्टिवलले दुई देशका बीचमा व्यवसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने दाबी गरे ।

साथै नेपालमा थाइल्यान्डको लगानी भित्र्याउनका लागि फेस्टिवलले टेवा पुर्‍याउनेसमेत अपेक्षा गरिएको उनले बताए ।

दूतावासले नेपालको पर्यटन प्रबद्र्धनका लागि विशेष सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

मेलामा थाइल्यान्ड र नेपालका वस्तु तथा सेवासम्बन्धी १ सय ५० भन्दा बढी व्यवसायिक प्रतिष्ठानहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

मेलाले नेपाली वस्तु तथा सेवाको पहुँच थाइल्यान्डमा पुर्‍याउन र नेपाली उत्पादनको निर्यात प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

फेस्टिवलले नेपाल र थाइल्यान्डबीच प्रविधि आदान–प्रदान गर्न पनि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

मेला आगामी असोज १४ देखि १८ गतेसम्म चल्नेछ ।