४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


पत्रकारको न्यूनतम् पारिश्रमिक कार्यान्वयन गरिन्छ : उद्योगमन्त्री


0
Shares

पाल्पा, असार ११ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सन्चार क्षेत्रलाई उद्योगको मान्यता दिएर श्रमजीवी पत्रकार ऐन र पत्रकारको न्यूनतम् पारिश्रमिकको प्रभावकारी कार्यान्वयन गरिने बताएका छन् ।

न्यूनतम् पारिश्रमिक निर्धारण समितिले शनिबार पाल्पामा गरेको अन्तरक्रियामा उनले पत्रकारहरुको हक, हितलाई सुरक्षित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा न्युनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले पत्रकारहरुले न्यूनतम् पारिश्रमिक पाउने व्यवस्था गरिनुपर्ने बताए ।