४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


८५ करोडको लागतमा अपर पिलुवाखोला दोस्रो जलविद्युत् दुई वर्षभित्र बन्ने


0
Shares

काठमाडौं, असार ११ । संखुवासभा जिल्लामा रहेको ४ दशमलव ७ मेगावाटको अपर पिलुवाखोला दोस्रो जलविद्युत् आयोजनामा नेपाल बंगलादेश बैंकको अगुवाइमा लगानी हुने भएको छ ।

आयोजना प्रवद्र्धक मेन्छियम हाइड्रोपावर कम्पनी र नेपाल बंगलादेश बैंकबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दुई वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।

८५ करोड रुपैयाँ लागत रहेको आयोजनामा ७० प्रतिशत बैंक तथा ३० प्रतिशत प्रवद्र्धकको ऋण तथा स्वपुँजी संरचनामा निर्माण गर्न लागिएको जनाइएको छ ।