२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


धर्म परिवर्तन गराउँदै हिँड्नेलाई कारवाही गर्ने चेतावनी


0
Shares

धनकुटा, असार १२ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले जबरजस्ती धर्म परिवर्तन गराउँदै हिड्नेहरुलाई कडा कारवाही गरिने बताएका छन् ।

धनकुटामा आइतबार संचारकर्मीसँग कुरा गर्दै उनले धर्म परिवर्तनको मिशनमा हिँड्ने र त्यसका लागि बाध्य पार्नेहरुलाई कडा कारवाही गरिने बताएका हुन् । उनले धर्म परिवर्तनका कारण नेपालीको पहिचान गुम्ने खतरा बढ्दै गएकाले हिन्दुत्व जागरण अभियान सञ्चालन गर्नुपरेको दाबी पनि गरे ।