Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


पीडितले एकमुष्ट पाएको रकमले घर बनाउने ग्यारेन्टी भएन : रक्षामन्त्री


0
Shares

Bhim rawal pradeep gyawali

काठमाडौं, असार १२ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलले भूकम्प पीडितका लागि एकमुष्ट २ लाख रुपैयाँ उपलब्ध गराउन सरकार तयार रहेको तर कांग्रेस नेतृत्वकै सरकारको निर्णयका कारण त्यो लागू गर्न नसकिएको दाबी गरेका छन् ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय समुदाय र दातृ निकायलाई साक्षी राखेर चार किस्तामा रकम दिने सम्झौता भईसकेकाले त्यो उल्लंघन गर्न अप्ठेरो भएको उनले बताए ।

सरकार भूकम्प पीडित जनताकै पक्षमा रहेको भए पनि पीडित सबैले एकमुष्ट रुपमा पाएको रकमबाट घर बनाउँछन् भन्ने स्पष्ट आधार नभएकोले किस्ताबन्दीमा रकम दिनुपरेको उनको भनाई थियो ।

उनले भने, ‘सबै जनताको बानी एउटै हुन्छ भनेर कसैले सुनिश्चित गर्न सक्दैन ।’ पहिलो किस्ता लगेर जग नै हालेन छ भने उसलाई दोस्रो किस्तामा रोक्न सकिने उनको भनाइ थियो । एकमुष्ट रकम दिदा दुरुपयोग हुने सक्ने तर्फ उनले सचेत तुल्याए ।