२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बाढीले बगाएको पुल नबन्दा बेलबारीबासीलाई सास्ती


0
Shares

विराटनगर । दुई बर्षअघि आएको बाढीले भत्काएको पुल नबन्दा मोरङ बेलबारीका स्थानीयबासी आवत–जावतमा सास्ती खेप्न बाध्य भएका छन् ।

२०७४ साउनमा आएको बाढीले बेलवारी नगरपालिका ६ स्थित लोहन्द्रा खोलाको पुल भत्काएको थियो ।

पुल भत्किएको दुई बर्षसम्म पनि पुल निर्माण नहुँदा बेलबारी नगरपालिका १, २, ३ र ५ नं वडाका स्थानीय घण्टौ समय लगाएर बैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन् ।

पुल नहुँदा बिरामी तथा विद्यार्थीलाई सकस हुने गरेको स्थानीय बताउँछन् ।

यता सुनसरी–मोरङ सिँचाइ आयोजनाले भने पुल निर्माणको लागि विस्तृत अध्यन प्रतिवेदन तयार भइसकेको जनाएको छ ।

आयोजनाका प्रमुख हरेराम श्रेष्ठले पुल निर्माणको लागत अनुमान तयार पर्ने काम सकिएको र दुई बषैभित्र काम सक्ने लक्ष्यसहित डीपीआर तयार गरिएको जानकारी दिए ।