
काठमाडौं, असार १३ । व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समितिले कृषि मन्त्रालयबाट जाने नगद अनुदान तथा रसायनिक मलको अनुदानलाई प्रभावकारी र व्यवस्थित बनाउन कृषि मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज बिहान बसेको समितिको बैठकमा सांसदहरुले वास्तविक किसानभन्दा पनि अनुदान पाइन्छ भनेर कृषिमा लगानी गरेकाहरुले अनुदान पाइरहेको भन्दै वास्तविक किसानले अनुदान पाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
उनीहरुले अनुदानमा आएको रसायनीक मल पनि बिक्री हुने गरेको र किसानसम्म नपुगेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराए ।
अनुदानका कार्यक्रमबाट मधेस तराईमा खासै उपलब्धि हुन नसकेको भन्दै अहिले ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना पनि गफमा मात्रै सीमित हुन सक्ने भन्दै सांसदहरुले चिन्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्