Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


माग पूरा नभएसम्म संसद् अबरुद्ध पार्ने कांग्रेसको निर्णय


0
Shares

काठमाडौं, असार १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसद बैठक अबरुद्ध गर्ने भएको छ ।

संसद् भवन नयाँबानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले आफूहरुसँग कुनै छलफल नगरेको र आफूहरुका माग सम्बोधन नभएसम्म संसद चल्न नदिने निर्णय गरेको हो ।

बैठकमा अधिकांश कांग्रेस सांसदहरुले सरकारको चर्को आलोचना गर्दै सरकारले भूकम्प प्रभावितहरुलाई एकमुष्ठ रुपमा दुई लाख रुपैयाँ वितरण गर्ने प्रतिबद्धता नजनाएसम्म संसदमा अवरोध गर्नुपर्ने बताएका थिए

सांसदहरुले सरकारले भूकम्प प्रभावितहरुलाई राजनीतिक आस्थाका आधारमा विभेद गरेको,  पुनर्निर्माण प्राधिकरणले एमाले निकट एनजीओमार्फत् पुननिर्माणको जिम्मा दिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रमुख विपक्षी कांग्रेसले भूकम्प प्रभावितलाई एकमुण्ठ दुई लाख रुपैयाँ दिनुपर्नेलगायतका माग राख्दै गत शुक्रबारदेखि निरन्तर व्यवस्थापिका संसद्को बैठक अबरुद्ध गर्दै आएको छ ।