Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


सत्तापक्ष र प्रतिपक्ष कांग्रेसबीच के भयो सहमति ? ‘मंगलबारदेखि हाउस चल्छ’ (भिडियोसहित)


0
Shares

काठमाडौं, असार १३ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले व्यवस्थापिका–संसदमा उठाएका मागहरुको सम्बोधनका लागि सत्तापक्ष र प्रतिपक्षी दलका सातजना सांसद सम्मिलित कार्यदल बनाउने सहमति भएको छ ।

दुई पक्षबीच यो सहमतिसँगै केही दिनदेखि संसदमा देखिएको अवरोध हट्ने सम्भावना बढेको छ ।

भूकम्पप्रभावितलाई एकमुष्टरुपमा २ लाख रुपैयाँ दिनुपर्ने माग राखी प्रमुख विपक्षी नेपाली कांग्रसले सोमबारको संसद बैठकमा पनि अवरोध गर्‍यो ।

बैठकमा बोल्दै नेपाली कांग्रसका सांसद एवं पूर्वअर्थमन्त्री रामशरण महतले भूकम्पपीडितका लागि ५० अर्ब छुट्टाइएकोमा २४ करोडमात्रै खर्च भएको भन्दै सरकारको काम गर्ने गति निकै सुस्त भएको आरोप लगाए ।

उनले सरकारले आफ्ना पार्टी कार्यकर्ताहरुलाई काम गर्ने ठेक्का दिएको दाबीसमेत गर्दै यसको छानबिन गर्नसमेत माग गरे ।

कांग्रसको अवरोधपछि फेरि साढे ३ बजे बस्ने गरी संसदको बैठक बोलाइएको थियो ।

तर, दलहरुकोबीचमा छलफल गरेर अघि बढ्ने सहमति भएपछि संसदको बैठक सूचना टाँसेर स्थगित गरियो ।

सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफलमा कार्यदल बनाएर अघि बढ्ने र निकासको खाका बनाउने सहमति भयो । कार्यदलमा दुबै पक्षका नेताहरु रहेका छन् ।

कार्यदलले सहमतिको खाका तयार गरेपछि प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेर टुंगोमा पुग्ने कांग्रेस सांसद रामशरण महतले जानकारी दिए ।

नेपाली कांग्रेसले उठाएका माग पूरा गर्नपनि केही समय लाग्ने भएकोले यसलाई कांग्रेसले बुझ्नुपर्ने कानुनमन्त्री अग्नि खरेलको भनाइ छ । मंगलबारको बैठक सुचारु हुने मन्त्री खरेलको विश्वास छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।