४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


नेप्सेमा नयाँ रेकर्ड, १७ सय २० पुग्यो


0
Shares

काठमाडौं, असार १३ । सोमबार पनि शेयर बजारमा उच्चसुधार जारी रह्यो ।

दैनिक उचाइको नयाँ रेकर्ड कायम गर्दै आएको नेप्से ३६ अंकले उकालो लागेर १७ सय २० पुग्यो ।

बीमा र होटलबाहेक अरु समूह सुधारिनुका साथै बैंकिङ समूहमा ६१ अंकको उच्चबृद्धि आएसँगै नेप्सेमा उच्च बृद्धि आएको हो । विकास बैंक, जलविद्युत र वित्त समूह पनि दोहोरो अंकले बढे ।

उत्पादनमूलक र अन्य समूह सामान्य अंकले सकारात्मक रहे । बीमा र होटल समूह भने उच्चदरले ओरालो लागे ।

बीमा समूह सबैभन्दा उच्च ९५ अंकले ओरालो लाग्यो । होटल समूहमा पनि २६ अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ कम्पनीको ४९ लाख २५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।