४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


राष्ट्रिय गौरवका आयोजनाले उर्बर जमिनको यस्तो बेहाल(भिडियो)


0
Shares

-प्रकाश लम्साल, ईमेज

बारा, असार १४ । राष्ट्रिय गौरवका आयोजना निर्माणले ब्यापकता पाएसँगै बारामा सयौं बिगाह खेतीयोग्य उर्वर जमिन धमाधम खण्डित गर्न थालिएको छ । जग्गा दलालहरुले जग्गा प्लटिङ गरेर बस्ती बसाल्ने भन्दै खेतीयोग्य जमिन खण्डित गर्न थालेका हुन् ।

बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–निजगढ दु्रतमार्ग, सिमरा विशेष आर्थिक क्षेत्र जस्ता राष्ट्रिय गौरवका आयोजना सुरु भएसँगै सिमराका खेतीयोग्य उर्बर जमिन धमाधम खण्डित गर्न थालिएको छ ।

योजनाको चर्चा सुरु भए लगतै केही वर्ष अघिदेखि ठूला जग्गा दलालले ब्यवस्थित बस्ती बसाल्ने नाममा जिल्लाका विभिन्न क्षेत्रमा सयौं बिगाह खेतीयोग्य उब्जाउ जमिन प्लटिङ गरी धमाधम बैंक तथा वित्तीय संस्थाबाट सरल फाईनान्स गराई बिक्री गर्न थालेको स्थानीयको गुनासो छ ।

६ महिना यता करिब ५ हजार बिगाहभन्दा बढी कृषियोग्य जमिन सुक्खा फाँटको रुपमा बदलिएको छ । यो क्रम अझै बढ्दो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । स्थानीयले भने कालो धन सेतो बनाउन बारामा जग्गा खण्डिकरण गर्न माफीयाहरु नै लागेको बताउँछन् ।

घर परिवारमा आउने ठूला आर्थिक संकट, विवाहलगायतका कार्य परेका बेला मात्र जग्गा बिक्री गर्ने गरेका किसानलाई समेत आयोजनाले जग्गा कारोबारी बनाएको छ । वर्षमा ३ बालीसम्म उत्पादन हुने बाराका खेतमा अहिले बिजुलीका पोल, ठूलाठूला नक्शासहितका होडिङ बोर्ड, कतै कालोपत्रे सडक त कतै ग्राभिल सडक भएको बाँझो भूमि यत्रतत्र भेटिन्छ ।