Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


संसदको बैठक ५ बजेका लागि सारियो


0
Shares

काठमाडौं, असार १४ । व्यवस्थापिका–संसदको बैठक साँझ ५ बजेका लागि सारिएको छ ।

मंगलबार अपराह्न १५.३० बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको हो ।

व्यवस्थापिका–संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बैठक सारिएको जानकारी दिए ।

भूकम्पपीडितलाई एकमुष्ट राहत नदिइ सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनको कारबाही अवरुद्ध पार्दै आएको छ ।

विगत चार दिनदेखि अवरुद्ध हुँदै आएको सदनको कारबाही खुलाउने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन गरिएको थियो ।

सोमबार गठित कार्यदलले सामान्य छलफल गरेको भएपनि ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मध्यमार्गी उपाय खोज्ने तयारी रहेको बताइन्छ । रासस

राजनीति