
काठमाडौं, असार १४ । मंगलबार सुनको मूल्यमा सामान्य कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले कमी आएर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा २ सयले उकालो लागेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने मंगलबार पनि ८ सय १५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १३ सय १० डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्