४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


निजी आवास पुनःनिर्माणका लागि पौने दुई लाख घरधुरीसँग अनुदान सम्झौता


0
Shares

काठमाडौं, असार १४ । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाहरुमा निजी आवास पुनःनिर्माणका लागि हालसम्म करिब पौने दुई लाख घरधुरीहरुसँग अनुदान सम्झौता भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी यही असार १२ गते आइतबारसम्म १ लाख ७१ हजार ७ सय ५२ घरधुरीहरुसँग अनुदान सम्झौता सम्पन्न भएको जानकारी गराएको हो ।

यस अवधिसम्ममा करिब ८५ हजार १ सय २८ ओटा गुनासाहरु दर्ता गरिएको रेकर्ड रहेको पनि जनाइएको छ ।

प्रथम चरणमा बैंक तथा वित्तीय संस्थाहरुको कार्यालयहरु भएका ठाउँहरु जम्मा १ सय ८७ गाविसका करिव १ लाख ७१ हजार लाभग्राहीहरुलाई समेट्ने गरी सम्झौता भएको पनि मन्त्रालयले जनाएको छ ।

फाइल फोटो