४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


काबेली ‘बी’ जलविद्युतको ५० प्रतिशत काम सकियो


26
Shares

पाँचथर, असार १५ । पाँचथरमा निर्माणाधीन काबेली बी जलविद्युत् आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको छ ।

२५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण सुरु भएको ७ महिनामै ५० प्रतिशत काम सम्पन्न भएको हो ।

पाँचथरको नागी गाविसको दाहाल गाउँमा काबेली नदीको पानी फर्काएर पेनस्टक पाइप मार्फत् ५ हजार ३ सय मिटर टाढा रहेको पावर हाउसबाट विद्युत् उत्पादन हुनेछ ।

काबेलीको पानीमा बढी फोर्स भएकाले बार्‍है महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने आयोजनाका प्रमुख इन्द्रमणी त्रितालले जानकारी दिए ।

आयोजना सम्पन्न भएसँगै यसले पूर्वी नेपालका १० जिल्लामा विद्युत् आपूर्तिको माग धान्ने बताइएको छ ।

चार अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेकोे आयोजनाको काममा कुनै अवरोध नभएकाले २०७४ बैशाखसम्ममा राष्ट्रिय प्रशारण लाइमा जोडिने आयोजनाले जनाएको छ ।