काठमाडौं, असार १५ । व्यवस्थापिका संसद्को बैठक दुई बजेसम्मका लागि स्थगित गरिएको छ । आज ११ बजेका लागि बोलाइएको बैठक सभामुख ओनसरी घर्तीले सूचना टाँस गरेर दुई बजेसम्मका लागि स्थगित गरिएको हो ।
भूकम्प प्रभावितहरुलाई दिने भनिएको दुई लाख रुपैयाँ सहयोग एकमुष्ठ रुपमा दिनुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद् बैठक अबरुद्ध गर्दै आएको छ ।
कांग्रेसले उठाउँदै आएका मागका विषयमा सहमति जुटाउन चारदलीय कार्यदल गठन गरिए पनि त्यसलेसमेत सहमति जुटाउन सकेको छैन ।
कांग्रेसका मागका बारेमा संसद भवन नयाँबानेश्वरमै प्रमुख दलका नेताहरु छलफलमा जुटिरहेका छन् । दलहरुबीच आजै सहमति कायम गरेर संसद सुचारु गर्ने विषयमा नेताहरुबीच छलफल भइरहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्