Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


नयाँ शक्ति पार्टी अध्यक्षमा निर्मल भट्टराईको उम्मेदवारी


0
Shares

भक्तपुर, असार १५ । नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा गरेका छन् ।

आज भक्तपुरमा उनले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भट्टराईले एक वर्षभित्र हुने पार्टीको महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

नयाँ शक्ति पार्टीको विधान मङ्गलबारबाट लागू भएर प्रत्यक्ष निर्वाचित पार्टी अध्यक्षको व्यवस्था भएलगत्तै भट्टराईले उम्मेदवारी घोषणा गर्दै भने– “पार्टीको अन्तरिम विधानको धारा ६ को उपधारा ९ख० मा व्यवस्था भएबमोजिम नयाँ शक्ति नेपालको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु ।”

आजैदेखि आफ्नो एजेन्डा लिएर देश दौडाहामा निस्कने बताउँदै उनले एक वर्षभित्र पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने बताए ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले तीन सहसंयोजकसहित प्रदेश संयोजक समेत बनाएर कार्यविभाजन गर्दा पनि निर्मल भट्टराईलाई ठाउँ नदिएको भोलिपल्टै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।रासस