४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


कृषिप्रधान देशमा कृषिमै परिवर्तन ल्याउन सकिएन : पौडेल


0
Shares

काभ्रे, असार १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिक्रान्तिबाटै राष्ट्र निर्माण सम्भव रहेको बताएका छन् ।

बुधबार काभ्रेमा आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुँदै उनले कृषिप्रधान देशमा कृषिमै परिवर्तन ल्याउन नसकिएको भन्दै दुःख व्यक्त गरे ।

कृषिको यान्त्रिकरण नगरी कृषिक्रान्ति नहुने भन्दै पौडेलले कांग्रेस किसानलाई अग्रणी स्थानमा राखेर अगाडि बढिरहेको दाबी गरे ।

कार्यक्रममा पौडेलले रोपाइँमा पनि सहभागी भएका थिए ।