
काठमाडौं, असार १५ । विश्व बैंकले विगत दुई दशकदेखि वर्षेनि २ दशमलव २ बिन्दू प्रतिशतले गरिबी घटेको जनाएको छ । यद्यपि, एक चौथाइ नेपाली गरिबीको रेखामुनि नै रहेका छन् ।
नेपालमा पेशागत् परिवर्तन र रेमिट्यान्सका कारण गरिबी घट्दै गएको बैंकले जनाएको छ ।
सन् १९९५ देखि २०१० को अवधिसम्ममा गरिबी घटाउन श्रमिक ज्यालाको ५२ प्रतिशत र रेमिट्यान्सको २७ प्रतिशत योगदान रहेको विश्ब बैंकको नेपाल कार्यालयका वरिष्ठ अर्थशास्त्री शैलेश तिवारीले बताए ।
बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा मध्यमवर्गीए जनसंख्यामा पनि बृद्धि आएको छ । यस अवधिसम्ममा मध्यमवर्गीए जनसंख्या ७ प्रतिशतबाट २२ प्रतिशत पुगेको जनाइएको छ ।
मध्यमवर्गीए जनसंख्यामा आएको बृद्धि विकासका लागि राम्रो रहेको बैंकले जनाएको छ ।
प्रतिवेदनले अवसरमा समानता, गरिबीको रेखामुनि रहेका अतिसंवेदनशील नेपालीको सुरक्षा र उत्पादकत्व बढाउन सुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्