
काठमाडौं, असार १६ । साताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से झिनो अंकले सच्चियो ।
यसदिन नेप्से १ अंक बढिले घटेर १७ सय २३ बिन्दूमा आइपुग्यो । यसदिन नेप्से घटेर १७ सय ७ बिन्दूमा आइपुगेपनि अन्तिम समयतिर सुधारिएर १७ सय २३ दशमलव दुई तीन कायम भएर थामियो ।
यसदिन आधा समूहमा बृद्धि आयो भने आधा समूहमा गिरावट आयो । यस दिन जलविद्युत्, वाणिज्य बैंक, उत्पादनमूलक र होटल समूहमा गिरावट आयो ।
जलविद्युत् समूहमा सबैभन्दा उच्च २४ अंकको कमी आयो । वाणिज्य बैंक समूह पनि १३ अंकको गिरावट आयो । बीमा, विकास बैंक, वित्त र अन्यमा भने सुधार आयो । बीमा समूहमा सबैभन्दा उच्च ६८ अंकको सुधार आयो ।
यसदिन १ सय ४२ कम्पनीको २३ लाख २७ हजार कित्ता शेयर १ अर्ब ७५ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्