
काठमाडौं, असार १६ । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्य हेरफेर हुनसक्ने भन्दै लगानीकर्तालाई सचेत हुन आग्रह गरेको छ ।
कम्पनीले फरदर पब्लिक इस्यु (एफपीओ)का लागि धितोपत्र बोर्डमा पेस गरेको मूल्यमा हेरफेर हुनसक्ने तथ्यप्रति सचेत हुन लगानीकर्तालाई आग्रह गर्दै नेपाल लाइफको सेयर कारोबार खुला भएको जनाएको छ ।
कम्पनीले बोर्डबाट अनुमति नै नलिइ कित्ताको २९ सय ५१ रुपैयाँमा एफपीओ जारी गर्न लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्