४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


विदेशबाट फर्किदैं हुनुहुन्छ ? झिटीगुण्टा ऐन परिवर्तन भयो नि !


0
Shares

काठमाडौं, असार १५ । सरकारले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट नेपाल भित्रने निजी झिटी गुण्टा, भारीसम्बन्धी ऐनमा परिर्वतन गरेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आज पत्रकार सम्मेलन गरी ऐनमा परिर्वतन भएको जानकारी दिएको हो । भन्सार प्रशासन प्रमुख योगेन्द्र गौचनले वैदेशिक रोजगारीमा जाने नेपालीलाई विभिन्न गिरोहले तस्करीमा प्रयोग गर्न थालेकाले ऐनमा परिर्वतन गरेको जानकारी दिए ।

उनले बाहिरबाट काँचो सुनचाँदी ल्याउन बन्देज गरिएको र ५० ग्राम सुनका गहना र ५ सय ग्राम चाँदीका गहनामात्र ल्याउन पाइने व्यवस्था नयाँ नियममा राखिएको बताए ।

भन्सार तिरेरसमेत तोकिएकोभन्दा बढी सुन, चाँदी ल्याउन नपाउने व्यवस्था गरिएको उनको भनाइ थियो ।

पछिल्लो समयमा सुन, चाँदी र निषेधित वस्तुको ओसारपसारमा बृद्धि भएकाले कडाई गरिएको उनले बताए ।