४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


केराको कपडा, केराको कागज, केराकै खाद्य परिकार


0
Shares

कन्चनपुर, असार १७ । कन्चनपुरमा केरा उत्पादन र प्रवद्र्धन गर्न शुक्रबारदेखि ‘कन्चनपुर केरा महोत्सव २०७३’ सुरु भएको छ ।

कन्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्लामा दोस्रोपटक केरा महोत्सव आयोजना गरिएकोे हो ।

कन्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले महोत्सवको उद्घाटन गरे ।

महोत्सवमा उन्नतजात तथा टिस्युकल्चर प्रविधिबाट तयार पारिएका बेर्ना प्रदर्शन तथा बिक्री–वितरणमा राखिएका छन् ।

महोत्सवमा केराको कागज, केराको खाद्य परिकार, केराको कपडा, केराखेती प्रविधि आकर्षणकोरुपमा रहेका छन् ।

महोत्सवमा २५ ओटा स्टलहरु राखिएका छन् । महोत्सव १९ गतेसम्म चल्नेछ ।