
ताप्लेजुङ, असार १८ । आगामी भदौबाट ताप्लेजुङमा केन्द्रीय प्रसारण लाईनको विद्युत सञ्चालनमा आउने भएको छ ।
नेपाल विद्युत् प्राधीकरणले ‘फास्ट ट्रयाक’ विधि अपनाएर भदौ पहिलो साताभित्र सदरमुकाम फुङलिङमा केन्द्रीय प्रसारणको विद्युत् सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
पुरै संरचना निर्माण गरी विद्युत् पुरयाउन लामो समय लाग्ने भएकाले तत्काललाई अस्थायी संरचनामार्फत् केन्द्रीय प्रसारण लाइन जडानका लागि काम भइरहेको प्राधीकरणका इलामस्थित स्टेसन प्रमुुख सीताराम सिग्देलले जानकारी दिए
केन्द्रीय प्रसारण लाईन ताप्लेजुङमा जोड्न ताप्लेजुङ नगरपालिका–८ मा अस्थायी सब–स्टेसन निर्माण भइरहेको, तार टाँग्ने र पोल गाड्ने काम पनि तिब्र गतिमा भईरहेको सिग्देलले बताए ।
अस्थायी सब स्टेसनमा १ दशमलव ५ मेगाभोल्ट क्षमताको ट्रान्सफर्मर राखेर सदरमुकाममा विद्युत आपूर्ति गरिने तयारी भइरहेको सिग्देलको भनाइ छ ।
केन्द्रीय प्रसारण लाईन नपुगेको पुर्वको एक मात्र जिल्ला ताप्लेजुङमा धेरै वर्षअघि निर्माण भएको साना जलविद्युत आयोजनाबाट विद्युत प्रवाह गरिँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्