Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


संविधान कार्यान्वयन भएमात्र कोइरालाप्रति श्रद्धाञ्जलि : नेता सिंह


0
Shares

काठमाडौँ, असार १८ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन भएमात्र स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।

नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा आज नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सिंहले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन स्वर्गीय कोइरालाको ठूलो योगदान रहेको चर्चा गरे ।

उनले भने, “संविधानको पूर्ण कार्यान्वयन भएमात्र कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ यसका लागि दलहरु इमान्दार भएर लाग्नुपर्छ ।” उनले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयनका लागि काँग्रेसले नै अग्रसरता लिनुपर्ने धारणा राखे ।

नेता सिंहले नेपाली काँग्रेस स्थानीय निकायको निर्वाचनको पक्षमा रहेको बताउँदै आवश्यक कानुन बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरे ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० का सांसद राजन केसीले मुलुकको सबै परिवर्तन काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयन पनि काँग्रेसले गर्ने स्पष्ट पारे ।

नेपाली काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँले सरकार आन्दोलनरत पक्षलाई मिलाउन लाग्नुभन्दा भाषणबाजी मा लागिरहेको धारणा राखे । प्रशिक्षण आज दिनभर चल्नेछ । रासस