विराटनगर, असार १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै कांग्रेसका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनका सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको स्पस्ट पारे ।
सत्ताभन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।
उनले स्थानीय निकायको निर्वाचन आवश्यक छ भन्दै संविधानको संरचनाअनुसार नै सबै निर्वाचन हुनुपर्ने बताए ।
संविधान पुनःलेखनका कुरा सम्भव नभएको बताउँदै नेता पौडेलले संविधान संशोधन गरेर मधेसी मोर्चाका माग सम्बोधन गर्न सकिने बताए ।
सरकारले वार्ताका लागि पत्र पठाएकाले अब मोर्चालाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि अग्रसर हुन आग्रह गरे । रासस
फाइल फोटो










प्रतिक्रिया दिनुहोस्