Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


कांग्रेसको सरकार नबने पीडितको पुनःस्थापना र संविधान कार्यान्वयन हुन सक्दैन : देउवा


0
Shares

राजाराम गौतम (इमेज)
काभ्रे, असार १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार नबने भूकम्पपीडितको पुनःस्थापना र संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

शनिबार काभ्रेमा पार्टी कार्यालयको शिलान्यास गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकार रहेसम्म भूकम्पपीडितको पुनःस्थापना र संविधान कार्यान्वयन हुनै नसक्ने बताए ।

सभापति देउवाले भूकम्पपीडितहरुलाई पहिलो किस्तावापत डेढ लाख रुपैयाँ उपलब्ध गराएरै छाड्ने पनि बताए ।

भूकम्पपीडितको क्षतिको विवरण संकलन र राहतमासमेत एमालेकरण गरिएको उनको आरोप थियो ।