Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


ललितपुरमा जनस्तरबाटै सम्पदाहरुको पुनःनिर्माण (भिडियोसहित)


0
Shares

सरस्वती कर्माचार्य÷सुयेश मानन्धर (इमेज)
काठमाडौं, असार १८ । भूकम्पले ध्वस्त पारेको एक वर्ष नाघिसक्दा पनि सरकारले पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरुको पुनःनिर्माणकार्यलाई अघि बढाउन सकेको छैन ।

तर, ललितपुरमा भने नागरिकस्तरबाट यस्ता सम्पदाको पुनःनिर्माणकार्य धमाधम अघि बढिरहेको छ ।

भूकम्पपछि पुनःनिर्माणका लागि पुनःनिमाण प्राधिकरण गठन गरिएपनि पुनःनिर्माणको कार्य भने अघि बढ्न सकेको छैन ।

चार महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटन गरेको धरहरा पुनःनिर्माणकार्य पनि अघि बढ्न सकेको छैन ।

तर, ललितपुरमा भने जनस्तरबाट नै सम्पदाहरुको पुनःनिर्माणकार्य अघि बढेकोमात्रै होइन, कतिपय आयोजनाहरु सम्पन्न पनि भइसकेको छ ।

पूर्वमन्त्री एवं ललितपुर उपमहानगरपालिकाका पूर्वमेयर बुद्धिराज बज्राचार्यको नेतृत्वमा १० वर्षअघि गठन भएको ललितपुर विकासको लागि समाजले सरकारको मुख नताकीकनै स्थानीय बासिन्दाहरुको सहयोगमा ललितपुरका प्राचीन सम्पदाहरुको जीर्णोद्धार एवं पुनःनिर्माण कार्य गर्दै आएको छ ।

समाजको यो कार्यलाई भारतीय दूतावासले सहयोग गर्दै आएको छ ।

यसै सिलसिलामा समाजले भूकम्पपछि क्षतिग्रस्त भएका ललितपुरको विभिन्न पाँच स्थानका सांस्कृतिक सम्पदाहरुको पुनःनिमार्णकार्य सम्पन्न गरी शनिबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्