१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


सेयरबजारमा सामान्य ‘करेक्सन’


0
Shares

काठमाडौं, वैशाख १६ । पछिल्ला दिन निरन्तर उच्चदरले उकालो लाग्दै आएको सेयरबजार सोमबार सामान्य अंकले सच्चियो ।

नेप्से सामान्य अंकले ऋणात्मक रहे पनि कारोबार भने उच्च नै झन्डै सवा अर्ब हाराहारी नै रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले ऋणात्मक रहेर १३ सय १० कायम भएर थामियो ।

कारोबार भएकामध्ये आधाभन्दा बढी समूह रातो रहेसँगै नेप्से पनि ऋणात्मक रहन गएको हो ।

निर्जीवन बिमा, विकास बैंक, वाणिज्य बैंक, लघुवित्त, जलविद्युत् र वित्त समूह ओरालो लागे । निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च १०२ अंकले गिरावट आयो । जीवनबिमा, उत्पादनमूलक, होटल, व्यापार र अन्य समूह भने सकारात्मक रहे । जीवनबिमा समूह १३० अंकले उकालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीका ३० लाख कित्ता सेयर एक अर्ब २० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।