४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


अलैंचीका बिरुवा पाएनन् किसानले


0
Shares

लमजुङ, असार १९ । लमजुङमा अलैंची रोप्ने सिजन सुरु भएपनि बिरुवा नपाउँदा किसान समस्यामा परेका छन् ।

अरु खेतीभन्दा आम्दानीको राम्रो स्रोत हुने भएकाले लमजुङका किसान अलैंची खेतीतर्फ आकर्षित हुन थालेका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष कृषकले ३५ लाख बिरुवा माग गरेका छन् । तर जिल्लामा भने पाँच लाख मात्र बिरुवा उत्पादन भएकाले किसानले खोजेजति पुर्‍याउन नसकिएको हो ।

अर्को वर्ष ७० लाख बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा अहिले २८ गाविसको १ सय ९४ हेक्टर क्षेत्रफलमा अलैंची खेती हुँदै गरिँदै आएको छ ।