
काठमाडौं, असार १९ । राप्रपा नेपालबाट निस्कासनमा परेका केशरबहादुर विष्टको समूह आजदेखि राप्रपा नेपाल समानान्तरमा मिसिएको छ ।
राप्रपा नेपालले कारबाही गरेपछि राप्रपा नेपाल पुनर्निर्माण अभियानमा लागेका बिष्टले आज राजधानीमा पत्रकार सम्मेलन गरी राप्रपा नेपाल समानान्तरसँग मिलेर अभियानमा संचालन गर्ने जानकारी दिए ।
विष्टले विभिन्न समूहमा विभाजित पूर्व पञ्चहरुका साथै मुलुकभर छरिएर रहेका समान विचारधाराका ब्यक्तिहरुलाई संगठित गरेर बलियो बैकल्पिक प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण गर्ने बताए ।
केही दिन अघि राप्रपा नेपाल समानान्तरले कार्यवाहक अध्यक्ष गणेश शेरचनलाई बर्खास्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्