
काठमाडौं, असार १९ । आइतबार सुनको मूल्यमा पुनः बृद्धि आयो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा सुनको भाउँ तोलामा ३ सयले बढेर ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा मा कारोबार भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्